Hyena

Hyna (कुचिकार )

हेलामा परेको प्रकृतिको कुचिकार ‘हाइना’

काठमाडौँ – अमेरिकाको विस्कन्सिन-म्याडिसन विश्वविद्यालयबाट बाघबारे अध्ययन गर्न आएकी सामन्था हेलेले दाङ र बाँकेको राप्ती नदीको छेउछाउ तथा जंगल नजिकका बस्तीमा ३२ वटा क्यामेरा राखिन्। बाघका लागि राखिएको क्यामेरामा उनले नसोचेको हाइना पनि देखिए। अनि उनले आफ्नो इन्ष्टाग्राममा हाइनाको तस्बिर राख्दै लेखिन्:

हाइनाज्नेपालमाहो !

 

हामीले हाम्रो क्यामेरामा स्ट्राइप भएका बाघहरू मात्र  कैद गरेका छैनौँ।

स्ट्राइप हाइना धारीदार हाइना (ह्याना हाइना) नेपालमा अत्यन्त दुर्लभ र लोपोन्मुख छन्। यो अनुमान गरिएको छ कि देशभरि १०० भन्दा कम हाइनाहरु छन्।

यी जनावरहरूलाई क्यामेरामा कैद गर्नु एकदमै गज्जबको खुसी हो!

‘म हाइनाबारे जानकार होइन तर मैले बाघका लागि राखेका अधिकांश क्यामेरामा हाइना परेको छ,’ उनले भनिन्, ‘मैले पूर्ण रुपमा क्यामेरा अध्ययन त गरेको छैन तर १२ वटा जति हाइना मेरो क्यामेरा पेरका छन्।’

बाघमा विद्यावारिधि गरिरहेकी हेले करिब ५ महिनादेखि नेपालमा छिन् र चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका क्षेत्रलाई आधार बनाएर बाघको आनीबानी अध्ययन गरिरहेकी छन्।

नेपालमा स्ट्राइप हाइनाको संख्या यति नै छ भन्ने तथ्याङ्क त छैन तर बढेको अनुमान गरिएको छ। पछिल्लो समय विभिन्न ठाउँमा हाइनाको मुभमेन्ट देखिने गरेको छ, जसको पुष्टि सामन्था हेलेले राखेका क्यामेरामा परेको संख्याले गरेको छ।

नेपालमा कहाँ–कहाँ भेटिएका छन्?


 

Source : https://deshsanchar.com/

Comments are closed.